१ कार्तिक २०८३, आइतबार

चीनले युद्धअपराधको विवरण तयार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china

साङ्घाई, २३ भदौ । चीनको एउटा विश्वविद्यालयले एसियाकै सवै भन्दा बिशाल विवरण अभिलेख (कम्प्युटर डाटाबेस) तयार गर्ने एक महत्वाकांक्षी योजनाको घोषणा गरेको छ ।

सो विश्वविद्यालयले दोस्रो विश्वयुद्धताका जापानले गरेका युद्धअपराध सम्बन्धि सबै विवरण र न्यायिक निरीक्षणसमेत यसमा समाविष्ट गरिने जनाएको छ ।

साङ्घाई जियाओतोेङग विश्वविद्यालयले चीनको नेसनल लाइब्रेरी अफ चाइना र द सेकेण्ड हिस्टोरिकल आर्किभ्स अफ चाइनासँग सहकार्य गरी दोस्रो विश्वयुद्धमा जापानले गरेका युद्धअपराध सम्बन्धि सबै तथ्य तथा अपराधमा संलग्न योद्धाको पूर्ण वैयक्तिक बृत्तान्त कम्प्युटर डाटाबेसमा राख्ने घोषणा गरेको हो ।

यद्यपि, यस डाटाबेसमा पूर्व प्रधानमन्त्री तथा सेनाका जर्नेल जस्ता २८ जना क बर्गका अपराधी (क्लास ए क्रिमिनल्स) भनी घोषित व्यक्तिहरुको विवरण भने नराखिने बताइएको छ ।

दोस्रो विश्वयुद्ध पश्चात् एसिया तथा प्रशान्त महासागरका चीन, फिलिपिन्स, अष्ट्रेलिया र न्युजिल्याण्ड लगायतमा पूर्वगठित दर्जनौं युद्ध अपराध निरुपण न्यायालयहरुले अल्पगम्भीर युद्धअपराधमा संलग्न दोषीहरुको न्यायिक जाँच धेरै पहिला नै सकिसकेका थिए ।

दोस्रो विश्वयुद्धका तथ्य तथा ऐतिहासिक सहायक सामाग्रीहरु फरक फरक ढाँचाबाट एसिया तथा प्रशान्त महासागरीय क्षेत्रका बिभिन्न अभिलेखालय, संग्रहालय वा विश्वविद्यालयमा अब्यवस्थित तरिकाले राखिएको हुन सक्ने बताइएको छ ।

धेरै ठाउँमा छरिएर छरपस्ट भएका ठुलो परिमाणका विवरण र सन्दर्भ सामाग्री एकै ठाउँमा सङकलन गरी यस अनुसन्धानात्मक परियोजना सम्पन्न गर्नु चुनौतिपूर्ण रहेको उक्त विश्वविद्यालय अन्तर्गतको टोकियो न्यायिक निरिक्षण अध्ययन केन्द्रका प्रमुख चेङ झाओकिले बताउनु भएको छ ।

कम्युटर डाटाबेसमा राखिने विवरणहरु चाईनीज, अंग्रेजी र जापानीज भाषामा रहने र अध्ययनका लागि सवैलाई खुल्ला गरिने चेङले जानकारी दिनुभयो । रासस/सिन्ह्वा