२८ आश्विन २०८३, बुधबार

प्रचण्डमाथि जनताको विश्वास छैन्, कडा निगरानी गरिरहेका छन्ः सांसद लम्साल

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांसद विकास लम्सालले २७० दिनको लागि गठन भएको सरकारले जनताका लागि ३७ दिन भएसक्दा पनि केही नगरी दन्दास भएर बसिरहेको आरोप लगाएका छन् ।

संसद बैठकलाई सम्बोधन गर्दै युवा सांसद लम्सालले सरकारले आफ्नो कार्ययोजना ल्याउला, वैदेशिक भ्रमणमा जान लागेका प्रधानमन्त्रीले आफ्नो तयारी र एजेण्डा जानकारी गराउनुपर्नेमा उल्टै नीति तथा कार्यक्रम र तिलास्मी पस्केर गएको आरोप लगाए ।

उनले प्रचण्ड नेतृत्वको सरकारसँग जनताको कुनै आशा र भरोसा नरहेको दाबी गर्दै कडा निगरानी गरिरहेको बताए । अब बाँकी रहेको २३२ दिनको कार्ययोजना ल्याउनुको सट्टा सरकार नीति तथा कार्यक्रमका विलासी कुराहरु गरेर जनतालाई झुक्याउन खोजिएको आरोप लगाए ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=Y0PgaKxhRz4