१ कार्तिक २०८३, शनिबार

स्वीडेन एनआरएनको तेस्रो साधारण सभामा तीजको दर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image5स्वीडेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको तेश्रो वार्षिक साधारण सभा अध्यक्ष चिरन्जिबी खरेलको अध्यक्षतामा सेप्टेम्बर ३ तारिख स्वीडेनको राजधानी स्टकहोल्ममा सम्पन्न भएको छ ।

संयुक्त रुपमा कार्यक्रमको उद्धाटन प्रमुख अतिथि, संस्थापक अध्यक्ष एबं पर्यबेक्षक स्वीडेनका आई सी सी सदस्य नवीन थपलिया र अध्यक्ष चिरन्जिबी खरेलले प्रोजेक्टरमार्फत भएको हो ।

नेपाली राष्ट्रिय गान बजाएर शुरु गरिएको कार्यक्रमको संचालन भने संस्थाका महासचिब अर्जुन श्रेष्ठले गरेका थिए ।

उद्घाटन र बन्द सत्र गरी २ चरणमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष द्वय नबराज रेग्मी र खिम न्यौपाने तथा संस्थाकी महिला संयोजक राधिका ढुंगानाले स्वागत मन्तब्य राखेका थिए ।

बन्द सत्रमा महिला संयोजक राधिका ढुंगानाले स्वीडेनमा महिला फोरमको आबश्यकतामा जोड दिदै छिट्टै स्वीडेनमा गठन गरिने बताइन् ।

तीजको दर स्वरुप उपस्थित सम्पूर्ण महानुभाब हरुलाई डिनर खुवाई साँस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो ।

पहिलो प्रस्तुति दीया श्रेष्ठ र प्रेरणा गुरुङ्गको यसपालि नि खाने दर बोलको गीतबाट नृत्य गरि सुरु गरिएको थियो । बिन्दा खरेलको शिरैमा शिरबन्दी र दीपा आचार्यको कम्मर माथि पटुकीको नृत्यले माहोल तताएको थियो ।

कार्यक्रममा आमन्त्रित चर्चित गायिका शकुन्तला थापाको नाम लिनासाथ दर्शकदीर्घाले तालीले स्वागत गरेका थिए ।