काठमाडौ, १२ भदौ । हरितालिका तीज आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भव्यरुपमा मनाई रहेका छन् ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा महिलाहरुले महादेवको पूजा आराधना गरी मनाउने चलन छ ।
धर्मशास्त्रमा सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।
तर, पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले साथीलाई आफ्नो समस्या सुनाएको र पछि सखीहरुले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएको अनि लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको उल्लेख छ ।
पार्वतीलाई साथीहरूले लुकाउन लगेको दिन भाद्र शुक्ल तृतीया परेकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
यसको अर्थ पार्वतीलाई साथीहरुले हरण गरेर लगेको दिनको स्मरण गर्दै यो पर्व मनाउँने चलन छ ।















प्रतिक्रिया