काठमाडौं, २२ भदौ । मिर्गाैला बिग्रिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराउने क्रममा तीन तलामाथिको झ्यालबाट हाम फालेर आत्महत्या गरेका युवकबाट ‘सुसाइड नोट’ फेला परेका छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । आत्महत्या गरेका विजयको वेडबाट ‘सुसाइड नोट’ भेटिएको थियो ।
प्रहरीले खोजतालसकै क्रममा भेटाएको ‘सुसाइड नोट’मा विजयले आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको कुरा लेखेका छन् ।
आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी ‘सुसाइड नोट’ यस्तो छः
‘ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।’
त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, ‘ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।’













प्रतिक्रिया