२८ कार्तिक २०८३, शनिबार

चीनका राष्ट्रपतिले किन नेपाल भ्रमण रद्द गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

art-xijinping-620x349काठमाडौं, २२ भदौ । चीनलाई नजिकबाट नियालिरहेका एकजना कुटनीतिज्ञले भने ‘चीन’का विषयमा बुझ्न धेरै गाह्रो छ । उनीहरू बोलाइमा भन्दा व्यवहारमा गरेर देखाउन चाहन्छन ।

ती कुटनीतिकको शब्दहरूलाई लिएर भन्ने हो भने ‘चीन’का राष्ट्रपति सी जिङपिङले आफ्नो नेपाल भ्रमण एकाएक रद्द गर्नुमा केही ठूलै रहस्य लुकेको हुनुपर्छ । दुई वर्ष अगाडि पनि चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा यस्तै यस्तै खालका भ्रमणहरू फैलिएका थिए ।

अन्त्यमा चिनियाँ प्रधानमन्त्री आउनुभन्दा केही घण्टा अगाडि मात्रै समाचार लिक भएको थियो । त्यो पनि संसद सचिवालयबाट चुहिएको थियो ।

यस पटक पनि दशैँको बिदा भएका बेला चीनका राष्ट्रपति सी आउने भनिएको थियो । अचानक नेपालको भ्रमण रद्द गरेको भनिएको छ । राष्ट्रपति सी पुरानै समयमा नआउन् भन्न सकिँदैन ।

चीनलाई नजिकबाट हेर्दै आएका पत्रकार किशोर श्रेष्ठले सी जिङपिङ तत्काल नेपाल आउने सम्भावना टरेको बताउँछन् । ‘आधिकारिक रुपमा पुष्टि त भैहालेको छैन तर चिनियाँ राष्ट्रपति सी जिङपिङ तत्काल नेपाल आउने सम्भावना चाहिँ टरेजस्तो छ’, फेसबुकमा स्ट्याटस् लेख्दै उनले भनेका छन्, ‘यसबाट खै व्यक्तिगत रुपमा क–कसलाई के कस्तो घाटा लाग्यो तर नेपाल राष्ट्रले एउटा ठूलो अवसर गुमाएको चाहिँ प्रष्ट भयो ।’

नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलाई राष्ट्रपति सी जिङपिङको भ्रमण रद्द भएको जानकारी गराएको बताइएको छ । चिनियाँ राष्ट्रपति पुसमा आउने कार्यक्रम तय भएको समाचार आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टि गरेको केही सञ्चारमाध्यमले समाचार पनि प्रकाशित गरेका छन् । तर त्यसको आधिकारिक विषयमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले केही बताएको छैन ।

असोज २९ र ३० (अक्टोबर १५ र १६) मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक वा दुई दिनअघि नेपाल भ्रमण गर्ने वा शिखर सम्मेलन सकेर फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना थियो ।

चीनका राष्ट्रपति नआउने भनेर समाचार बाहिर आए पनि चिनियाँ मामिलामा कुटनीतिक जानकारी राख्नेहरू राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा तोकिएकै समयमा आउन सक्ने बताउँछन् । समय तलमाथि हुन सक्छ चिनियाँ राष्ट्रपति भ्रमणमा आउने स्रोतको भनाइ छ ।

सुरक्षाका कारण चीनले राष्ट्रपतिको भ्रमणलाई गोप्य राख्न चाहेको हुन सक्ने एक जना कुटनीतिज्ञले बताएका छन् । ‘चीन सुरक्षाका विषयमा अत्यनतै सम्वेदनशील छ’, ती कुटनीतिज्ञले भने, ‘चीनलाई जसरी हामीले हेरेका छौँ त्यस्तो छैन । सुरक्षा र विश्वको राजनीतिक उतार चढाव पनि भ्रमण तत्काल स्थगित हुनुको कारण हुन सक्छ ।’