काठमाडौं, १२ भदौ । एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको विवाद समाधान हुन नसक्दा समानान्तर समिति निर्माणले तीव्रता पाएको छ।
दाहाल पक्षले जारी राजनीतिक प्रशिक्षण स्थगित गर्ने तथा भट्टराई पक्षले समानान्तर समिति निमार्ण कार्य रोक्ने ुभद्र सहमतिु अघिल्लो साता मात्र भएको थियो।
सहमति उल्लंघन गर्दै भट्टराई पक्षले अध्यक्ष दाहालकै गृहजिल्ला चितवन समानान्तर समिति गठन गरेका छन्। सप्तरीमा समानान्तर समिति गठन भएको छ।
संस्थापन पक्षले ुअन्याय गरेका जिल्लाु मा समानान्तर समिति बनाउने उद्घोष गरेको भट्टराई पक्षले एकै सातामा दुई समिति घोषणा गरेको हो।
चितवनमा यामबहादुर परियारको नेतृत्वमा समिति गठन भएलगत्तै भट्टराई पक्षले रमेश रेग्मीको नेतृत्वमा जिल्ला समिति गठन गरेको घोषणा गर्योम। त्यसको भोलिपल्ट सप्तरीमा सभासद उमेश यादव नेतृत्वको जिल्ला समितिलाई अस्वीकार गर्दै भट्टराई पक्षले पूर्वसभासद सरस्वती चौधरीको नेतृत्वमा अर्को जिल्ला समिति घोषणा गरेको छ।
एमाओवादीमा समानान्तर समिति घोषणा भएका जिल्लाको संख्या करिब दुई दर्जन पुगेको समाचार आजको नागरिक दैनिकले छापेको छ। यस्तै, दाहाल र भट्टराई पक्षले एकअर्कालाई अस्वीकार गर्नाले तीन दर्जनभन्दा बढी जिल्लामा छुट्टाछुट्टै भेला र बैठक हुन थालेका छन्।
कास्कीमा दाहाल पक्षका दीपक कोइराला अध्यक्ष छन्, तर औपचारिक रूपमा घोषणा नभए पनि गुप्त हमाललाई भट्टराई पक्षले जिल्ला अध्यक्ष बनाएको छ। त्यस्तै, स्याङ्जामा दाहाल पक्षका शैलेन्द्र ढकाललाई अस्वीकार गर्दै भट्टराई पक्षले शोभाकर ढकाललाई जिल्ला अध्यक्षका रूपमा अगाडि सारेको छ।
नारायणी अञ्चलका पाँचवटै जिल्लामा समानान्तर समिति गठन भइसकेका छन्। वैशाखमा भएको विराटनगर सम्मेलनअघि नै रौतहटमा दाहाल पक्षका धीरज पट्टेल, भट्टराई पक्षका विन्देश्वर यादव, बारामा दाहाल पक्षका जयराम दाहाल र भट्टराई पक्षका रञ्जित पट्टेल नेतृत्वमा अलग–अलग समिति अस्तित्वमा छन्। विराटनगर सम्मेलनपछि मकवानपुरमा दाहाल पक्षबाट प्रेमबहादुर पुलामी र भट्टराई पक्षबाट प्रह्लाद लामिछाने अध्यक्ष बने। चितवनमा भने सबैभन्दा पछि समानान्तर समिति बनेको हो।
नारायणी अञ्चलकै पर्सामा भने तीनवटा जिल्ला समिति सक्रिय छन्। त्यहाँ दाहाल पक्षका जालिम मियाँ र दाहाल पक्षकै क्षेत्रबहादुर श्रेष्ठको नेतृत्वमा समिति रहेकै बेला विराटनगर सम्मेलनपछि बलिराम साहको नेतृत्वमा अर्को समिति गठन भएको छ। साहको समितिले भट्टराई पक्षको वकालत गर्दै आएको छ।
भट्टराईको गृहजिल्ला गोरखामा पनि दुईवटा समिति छन्। दाहाल पक्षले बहुमतको आडमा लेखबहादुर थापालाई जिल्ला अध्यक्ष घोषणा गरेपछि भट्टराई पक्षले यानप्रसाद भट्टराईलाई अध्यक्ष बनाएको थियो। दाहालका विश्वासपात्र तथा कोषाध्यक्ष हरिबोल गजुरेलको उपस्थितिमा राजन दाहाललाई अध्यक्ष घोषणा गरिएपछि सिन्धुलीमा भट्टराई पक्षले दीर्घराज श्रेष्ठलाई अध्यक्ष चयन गरेको औपचारिक घोषणा गरेको थियो।
धनुषामा रामचन्द्र मण्डललाई अस्वीकार गर्दै भट्टराई पक्षले तारा महतोको नेतृत्वमा अर्को जिल्ला समिति गठन गरेपछि भट्टराईनिकट दुई नेतालाई स्थायी समितिले निलम्बन गरेको थियो। साउन १९ गते तत्कालीन प्रधानमन्त्री भट्टराईका मुख्यसचिवसमेत रहेका केन्द्रीय नेताद्वय गंगानारायण श्रेष्ठ र प्रेस सल्लाहकार रामरिझन यादवलाई क्रमशः तीन र एक महिनाका लागि केन्द्रीय समितिबाट निलम्बन गरिएपछि विवाद चर्किएको थियो।















प्रतिक्रिया