२८ कार्तिक २०८३, शनिबार

भारतले नेपाली अदुवा प्रतिबन्ध लगाएपछि राप्रपा नेपालको ध्यानाकर्षण

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapa1

काठमाडौं, २१ भदौ । प्रतिपक्षी दल राप्रपा नेपालले भारतले नेपाली अदुवा निकासीमा प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाएको छ ।

मंगलबार साँझ एक विज्ञप्ति जारी चाडपर्वको मुखमा आएर लगाइएको प्रतिबन्धले नेपाली किसानलाई गम्भीर चोट पुग्न गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘विगत ७ दिनदेखि नेपाली अदुवा निकासीमा छिमेकी राष्ट्र भारतले लगाएको प्रतिबन्धप्रति हाम्रो ध्यानाकर्षण भएको छ । चाडपर्वको मुखमा आएर लगाइएको यस प्रकारको प्रतिबन्धनले नेपाली किसानलाई गम्भीर चोट पुग्न गएको छ । यसतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सम्बन्ध सुधारका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नै लाग्दा पछिल्लो समय भारतले एकलौटी रुपमा नेपाली अदुवामाथि प्रतिबन्ध लगाएको छ ।

Raparpa-nepal