२८ कार्तिक २०८३, शनिबार

कर्णेल कुमार लामा निर्दोष सावित, बेलायतको अदालतले तीन वर्षपछि गऱ्यो फैसला

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-lama

काठमाडौं, २१ भदौ । नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामा निर्दोष सावित भएका छन् ।

मंगलबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट फौजदारी अदालतले लामालाई दोषी ठहर्याउन सक्ने आधार नभएपछि उनलाई निर्दोष सावित गरेको हो ।

झन्डै साढे तीन वर्षदेखि बेलायतमा यातना सम्बन्धि मुद्दा खेपिरहेका कर्णेल लामामाथि सशस्त्र द्धन्द्धकालमा कपिलवस्तुको गोरुसिंगेमा रहेको ब्यारेकमा थुनुवाहरुलाई यातना दिएको आरोप लागेको थियो । उनीविरुद्ध जनकबहादुर राउत र करम हुसेनले द्वन्द्वकालमा यातना दिएको भन्दै उजुरी दिएका थिए ।

सोही आरोपमा दक्षिण सुडानस्थित यूएन मिसनबाट छुट्टिमा परिवार भेट्न बेलायत पुगेका बेला उनलाई सन् २०१३ मा बेलायती प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अदालतमा छोरीसहित उपस्थित कर्णेल लामाले फैसलापछि न्यायको जित भएको प्रतिक्रिया दिए ।