काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार मानिने सन्दीप लामिछानेले अष्ट्रेलियाका माईकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्ने मौका पाएका छन् ।
आगामी सेप्टेम्बर २६ देखि सन्दीपले क्लार्कको एकेडेमीबाट प्रशिक्षण थाल्ने पक्का भएको छ । गत मे महिनामा हङकङमा भएको एक प्रतियोगितामा सन्दीपको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले अष्ट्रेलिया पुग्ने वित्तिकै ट्वीटमार्फत सन्दीपलाई आमन्त्रण गरेका थिए ।
१६ वर्षीय लेगस्पिनर सन्दीप लामिछानेलाई क्रिकेटमा सम्भावना भएका खेलाडी भनेर अष्ट्रिलियाको वेष्टर्न सवर्वस् क्लबले खेलस्तर अझै सुधार्ने अपेक्षा राखेको वेष्टर्न ववर्स्को विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया