दोहा, कतार । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रिय सचिवालय सदस्य सुशीला श्रीपाली र जनजाति नेत्री रिता गुरुङ शनिबार कतार आउने भएका छन् ।
कतारमा नेत्री श्रीपालीले नयाँ शक्तिको यहाँस्थित प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति कतारले आयोजना गरेकोे बिशेष भेला तथा संदेश सभालाई सम्बोधन गर्ने छिन् । भेला सोमबार दिनको १२ बजे देखि ५ बजे सम्म आयोजना गरिएको छ ।
उक्त घोषणा तथा संदेश सभा दोहाको नाजामास्थित अलनाकाएंन होटेलको सभा हलमा हुनेछ ।
नेपालको बिकास र समृद्धिको लागि प्रवासी नेपालीको भूमिका’ सामाजिक बिभेद्ध मा पिल्सिएका दलितहरुको मुक्ति र सम्मानजनक हक र अधिकारको लागि प्रवासी नेपाली दलित तथा जनजाती अभियन्ता हरुको भूमिकाको बिषयमा हुने अन्तरकृयात्मक भेलालाई श्रीपाली संगै आउनु हुने जनजाति नेत्री रिता गुरुङले पनि सम्बोधन गर्ने अन्तरराष्ट्रिय नेपाली समाज दलित शक्ति साखा कतारका संयोजक कृष्ण परियारले बताए ।
परियारका अनुसार भेलामा पत्रकार, समाजसेवी, ब्यापारी, बुद्धिजीवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको तथा बिभिन्न कम्पनीमा काम गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहनेछ ।
भेलालाई सफल बनाउन अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संयोजक रोसन खराल, संगठन बिभाग प्रमुख लाल भट्ट, प्रवक्ता ध्रुब क्षेत्री, महासचिब महामुद कार्की, सचिब राम संजेल, युवा संयोजक होम उप्रेती, जनजाति संयोजक दिलिप लोप्चयलन, क्षेत्रीय संयोजक निमा लामा, सल्लाहकार पिर बक्श मिया लगायत कतारको नयाँशक्ति कमिटि र दलित शक्ति कतार साखाका अभियन्ताहरु दुर्गा सुनार, सोम सोनाम, देब ब. परियार, हिमाल राज बिश्वकर्मा, बिजया सोनाम, छितिज किरण गैरे, रमेश सिङ्ग खाती,लगायतले कार्यक्रम सफल बनाउन लागेका छन् ।
साथै भेलामा सहभागिताको लागि आयोजकले सबै कतारवासी नेपालीमा उपस्थितिको लागि अपिल गरेका छन् ।















प्रतिक्रिया