२८ कार्तिक २०८३, शनिबार

पुनरागमन उपन्यास हेर्दै पूर्वप्रधानमन्त्री ओलीले भने- ‘मेरो धरहरा म बनाउँछु’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-sabin-priysan

– सविन प्रियासन

देशको समृद्धि अनि राष्ट्रिय स्वाधिनता भनेपछि हुरुक्क हुने नेतामा गनिने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अध्ययनमा पनि अगाडि हुनुहुँदो रहेछ । मैले प्रकाशन गरेको पुनरामगन उपन्यास उहाँको हातमा दिनासाथ उहाँले भन्नुभयो ‘यो त मैले हेरिसकेको छु, यसमा धरहरा पुनः निर्माणसँग सम्बन्धित कविता पनि छ ।’ पूर्व प्रधानमन्त्री ओलीले उक्त कुरा भनेपछि साथमा एमाले महासचिव इश्वर पोख्रेल, सचिव प्रदिप ज्ञवालीलगायतका नेताहरुले पनि उपन्यास हेर्दै मुस्कानका लबेदाहरु हान्नुभएको थियो ।

उपन्यासको १५० देखि १५७ पृष्ठसम्म भुकम्प अनि धरहरा पुनः निर्माणको चर्चा गरिएको छ । सम्बाद, वर्णन र कविताका माध्यमबाट समृद्धि अनि विकासको वकालत गर्ने सन्दर्भमा उपन्यासभित्र ‘मेरो धरहरा म बनाउँछु’ शिर्षकमा पाँचपृष्ठको कविता पनि समावेश गरेको छु । खासगरी विकास अनि समृद्धिको पक्षमा खरो तरिकाले राज्यसत्तालाई नै परिचालन गर्ने योजना बुनेका पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले भुकम्पबाट क्षतविक्षत भएका संरचाना पुनः निर्माणका लागि पनि आफू प्रधानमन्त्री भएको समयमा दुरगामि असर गर्ने थुप्रै योजनाहरु ल्याउनुभएको थियो । उपन्यास उहाँ प्रधानमन्त्री भएकै समयमा लेखिएकाले उपन्यासमा मैले धरहरा पुनः निर्माण भएको प्रसँगलाई कलात्मक तवरले पस्कने जमर्को गरेको हुँ ।

धरहरा पुनः निर्माणको प्रसँग उपन्यासभित्र उठाइ रहँदा धरहरा पुनः निर्माणकालागि तदारुकता देखाउने उपराष्ट्रपति नन्दकिशोर पुनलगायका मनकारी व्यक्तिहरुको पनि प्रसँग उल्लेख गरिएको छ । सबैलाई आफ्नो रचना अव्वल लाग्छ । कविता लेखनमा मलाई त्यति रुची छैन । यद्यपि उपन्यासभित्र ‘मेरो धरहरा म बनाउँछु’ शीर्षकको लामो कविता समावेश गरेको छु ।

पूर्व प्रधान्मन्त्री केपि शर्मा ओली बास्तबमै भन्ने हो भने स्वाभिमानी नेपालीको आस्थाको धरोहर बन्न सफल हुनुभएको छ । मैले लेखेको उपन्यास हातमा राखि दिनासाथ उहाँले नै धरहरा पुनः निर्माण हुने अपेक्षासहित लेखिएको कविताको वर्णन गरेपछि मेरो खुशीको सीमा रहेन । पुनरागमन उपन्यास मैले प्रधानमन्त्री हुँदा केपि शर्मा ओलीकै हातबाट विमोचन गर्ने उद्देश्यसहित तयार पारेको थिए । यद्यपी विभिन्न कारणले दाङमै उक्त उपन्यास विमोचन भएको थियो । ढिलो सहि उहाँको हातमा उपन्यास दिँदा उहाँले पहिले नै उक्त उपन्यास हेरको सुनाउनुभयो । यो मेरो लागि खुशीको कुरा हो । नयाँ सरकार बनेको महिना दिन बढि भइसक्यो । भुकम्पबाट क्षतविक्षत भएका संरचनाहरु निमार्ण गर्नका लागि अहिलेसम्म ठोस योजना नयाँ सरकारले बनाएको छैन । धरहरा पुनः निर्माणका लागि केपि ओलीको सरकारले बजेट समेत बिनियोजन गरेको थियो ।

Oli-sabin-priysan-1

नेपाली जनता धरहरालगायतका सबै संरचनाहरु पुनः निर्माण भएको हेर्ने अभिलाषासहित बसेको छ । पुनरागमन उपन्यासभित्र भुकम्प अनि पुरातात्विक संरचनाहरु पुनः निर्माण गर्नुपर्छ भन्ने मान्यता सहित शव्दको खेती गरेर मैले सहि काम गरेको रहेछु । कुनै पनि सिर्जना जीवन्त हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने सोंचहरु पनि सिर्जनाभित्र समावेश हुनुपर्छ । कामविशेषले लामो समयसम्म काठामाडौंको सुन्धारामा बसियो । दिनहुँ धरहराको भग्नावशेष देख्दा मन अमिलो बनि रह्यो । सायद केपि ओलीको सरकार हुन्थ्यो भने अहिलेसम्म भुकम्पबाट क्षतविक्षत भएका धरहरालगायका संरचाहरुको पुनः निर्माण कार्य सुरु भइसक्ने थियो । दाङ आएको तीन दिन भयो । पूर्वप्रधानमन्त्री ओली पनि उपचार गरी स्वेदेश फर्कनुभएको छ । उहाँ विमानस्थलमा आउनासाथ देशको स्वाभिमान ठाडो बन्ने गरी आफ्नो भनाई राख्न सफल हुनुभयो ।

ओलीको सम्मानमा फेरि एकपटक भन्न मन लाग्यो–

‘मेरो धरहरा म बनाउँछु’
देशप्रेम, राष्ट्रभक्ति
अनि
वीरगाथाले सजिएको
मेरो धरहरा म बनाउँछु ।
स्वतन्त्र, निश्छल
अनि
स्वाभिमानले ठाडिएको,
मेरो धरहरा म बनाउँछु ।

करोडौंँ करोड नेपालीको
आस्थाको केन्द्र बन्ने गरी
नेपाल अनि नेपालीको
विशिष्ट पहिचान झल्कने गरी
मेरो धरहरा म बनाउँछु ।

नेपाल सबल छ,
नेपाली सक्षम छन्
पौरखी हातहरु अगाडि बढाउँदै
छरिएका, ध्वस्त भएका
संरचनाहरु निर्माण गर्न
म अघि बढ्दैछु ।
किनकि
मलाई मेरो धरहरा आफै बनाउनुछ
कुनै पनि हालतमा निर्माण गर्नुछ ।
खस्किएको मन उठाउन,
जोस, जाँगर
अनि
परिश्रमी हातहरु फिजाउन
मेरो धरहरा म बनाउँछु ।

समानताको बिगुल फुक्दै
न्यायमूर्ती बनेर
मैले बनाएको धरहरा
खुसी भएकाहरुको साथी बन्नेछ ।
चौतर्फी प्रगतिपथमा लम्कनका लागि
सबैलाई आत्मविश्वास
बढाउने काम गर्नेछ ।
व्यथित मनहरुलाई
सही मार्ग देखाउनका लागि
मैले बनाएको धरहराले
दत्तचित्त भएर
उर्जाशील गीतहरु सुनाइ रहनेछ ।

लामो प्रतिक्षपछि मुलुकले
नयाँ संविधान पाएको छ ।
नेपालमा जन्मने सबै नेपालीले
अब समान अधिकार पाउनुपर्छ ।
मुलुक आत्मनिर्भर बन्ने बाटोमा
निरन्तर अग्रसर हुनुपर्छ ।
सबै नेपाली आ–आफ्नो क्षेत्रमा
विज्ञ बन्नुपर्छ ।
मैले बनाएको स्वाभिमानी धरहराले,
यी र यस्तै अभियानको नेतृत्व गर्नेछ ।
मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउँदै
समृद्धिको रहर लाग्दो उचाईमा पुग्ने
मार्गहरु प्रशस्त गर्नेछ ।
मुलुक पर्यटनको क्षेत्रमा सबल हुनेछ ।
सबै किसिमका कलकारखानाहरु
स्वदेशी लगानीमा खुल्ने वातावरण बन्नेछ ।
शिक्षा, स्वास्थ्यको क्षेत्र
आम नागरिकको पहुँचमा हुनेछ ।
सबै क्षेत्रमा विज्ञहरु प्रशस्तै हुनेछन् ।
आविष्कारकहरुले मुलुक ढाकिनेछ ।
खेल क्षेत्र सधैँभरि मुलुकको सान
राख्ने गरी अगाडि बढ्नेछ ।
कला, साहित्य, संस्कृतिले
विश्वको नेतृत्व गर्नेछ ।
मैले बनाएको धरहराले सधैभरि
मुलुक निर्माण गर्ने
देशबासीलाई जागरुक बनाउने
स्वाभिमानको झण्डा फहराउने काम गरिरहनेछ ।
समानताको गीत गाइ रहनेछ ।
महिला र पुरुषबिच विभेद हुन दिनेछैन ।
कुनै जातजाति, धर्म संस्कृति बिच मनमुटाव हुनेछैन ।
नेपालको कुनै पनि क्षेत्रले विकट्ता महसुस गर्नेछैन ।
मैले बनाएको धरहरा सधैभरि मालि बनेर
नेपालरुपी सुन्दर फूलबारीमा
बसन्त ल्याउनका लागि खटि रहनेछ ।
म बनाउँछु मेरो धरहरा
स्वाभिमानी धरहरा
वीरगाथाले भरिएको धरहरा ।

धरहराको टुप्पामा बसेर
सधैँभरि समानताको गीत गाइनेछ ।
दूर दराजसम्म अवलोकन गरिनेछ ।
सुन्दर प्रकृतिको छटामा लिप्त हाम्रो मुलुक
विश्व सामु चिनाउने काम धरहराले गर्नेछ ।
काठमाडौं र मोफसल चारैतिर नियालि रहनेछ ।
नेपालका सबै कुनामा समान तरिकाले
विकासका आयामहरु
अगाडि बढे–नबढेको मूल्याङ्कन गरिनेछ ।
रित्ता थालहरु, उजाड घरहरु
अनि
विकट बस्तीहरुमा
अत्यावश्यक सामग्रीहरु पु¥याउन
भूमिका खेलि रहनेछ ।
मैले बनाएको धरहराले
कसैलाई पनि खान, लगाउन र बस्नबाट
बञ्चित हुन दिनेछैन ।
नयाँ नेपाल, गणतान्त्रिक नेपालको
साधक बन्नका लागि
मेरो धरहराले सधैँभरि
सिर्जनशील, सकारात्मक सोंचको
पैरबी गरिरहनेछ ।
मेरो धरहरा, स्वाभिमानी धरहरा
म बनाउँछु,
नेपाल अनि नेपालीको धरहरा
मेरो धरहरा, म बनाउँछु ।

मेरो धरहराले जनताको बोली बोल्नेछ
सिंह दरबारहरुलाई खबरदारी गर्दै
निरङ्कुश र स्वेच्छाचारी बन्न दिनेछैन ।
मेरो धरहराले
लोककल्णकारी राज्यको वकालत गरिरहनेछ ।
जनतालाई सचेत, कर्तव्यनिष्ठ र जनउत्तरदायी बनाउन
मैले बनाएको धरहराले
सधैँभरि भूमिका खेलि रहनेछ ।
त्यसैले त बनाउँदैछु
म स्वाभिमानी धरहरा
देशप्रेम, राष्ट्रभक्तिले भरिएको धरहरा
म बनाउँछु मेरो धरहरा
नेपाल अनि नेपालीको धरहरा
स्वाभिमानी धरहरा
म बनाउँछु मेरो धरहरा ।