१ कार्तिक २०८३, शनिबार

फुजैराहमा तीजको दर खुवाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14225600_717054981767183_2903691578366321391_n– मानबहादुर केसी

यूएई । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर फुजैराहमा कार्यरत समाजसेवीहरु मिलेर आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने भएका छन् ।

केही वर्षदेखि तीजको अबसर पारेर सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने कार्य्रक्रम गर्दै आएका बिभिन्न संघ संस्थामा आबद्द समाज सेवीहरुले यो वर्ष सामूहिक रुपमा मिलेर यहि आउँदो ०९ सेप्टेम्बर २०१६ शुक्रबारका दिन फुजैराहको माधव पार्कमा दर खुवाउने भएका छन् ।

प्रबासमा रहे पनि आफ्ना चेलीबेटीहरुलाई माइतीको आगनमा रहेको महसुस गराउनका लागि सो दर खुवाउने कार्यक्रमको आयोजना गरेको समाज सेवी शिव क्षेत्रीले बताए ।

बिशेष गरी फुजैराह, डिब्बा, खुर्पाखान, कलबामा कार्यरत चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त दर खुवाउने कार्यक्रमलाई फुजैराहमा कार्यरत स्थानीय कलाकारहरुले आ–आफ्ना प्रस्तुति दिएर मनोरञ्जनात्मक बनाउने भएका छन् ।