त्रिलोचन कोइराला
यूएई । संविधानसभाको २६ सभासद मनोनयनमा तेन्जी शेर्पाको नाम शिफारिस गर्न नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले एमालेसँग आग्रह गरेको छ ।
मञ्चको गत शुक्रवार बसेको पाचौं बैठकले एनआरएनका पूर्व महासचिव समेत रहनुभएका शेर्पालाई आफ्नो पार्टीको तर्फबाट संबवधानसभा सदस्य बनाउन केन्द्रलाई शिफारिस गर्न आग्रह गरेको हो ।
शेर्पा एनआरएनको गत वर्ष काठमाडौँमा सम्पन्न छैठौं विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार समेत बन्नुभएको थियो ।
शेर्पाले एमाले निकट रहेर सम्पूर्ण प्रवासीहरुको हकहितका लागि भूमिका खेल्दै आएको प्रवासी नेपाली मञ्च यूएईले ठहर गरेको छ ।
मञ्चले प्रवासमा रहेका लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व वर्तमान संविधानसभामा हुनुपर्ने कुरामा जोड दिंदै शेर्पालाई सभासद बनाउन पार्टी केन्द्रलाई दबाब दिएको हो ।
‘प्रवासी नेपालीहरुको हकहित र सुरक्षाको पक्षमा लामो समयदेखि कृयाशील तथा एनआरएन अभियान अन्तर्गत नेपालीहरु रहेका विश्वका अधिकांश मुलुक भ्रमण गरी प्रवासी नेपालीहरुको सम्बन्धित स्थानीय समस्याहरुलाई नजिकबाट बुझेका र प्रवासी नेपालीहरुको पक्षमा जहाँ जस्तोसुकै अवस्थामा पनि वकालत गर्न सक्ने खुबी शेर्पामा भएको मञ्चको बुझाई छ,’ मञ्चका महासचिव उत्तम अधिकारीले भन्नुभयो ।
यसअघि शेर्पालाई सभासद बनाउनका लागि एमाले सोलुखुम्बु तथा कोरिया एमालेले शिफारिस गरेका थिए ।













प्रतिक्रिया