घनश्याम पराजुली (कृष्ण)
जापान । स्याङ्गजा सहयोग समाज जापानले हरितालिका तीजको अवसरमा आउदो आईतवारका दिन बृहत तीज कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायकहरु खुमन अधिकारी , रमिला न्यौपाने र कला पंगेनीले रौनक थप्ने् अयोजकले अपेक्षा गरेका छन् ।
३१ अगष्ठ आईतवारका दिन हुन लागेको कार्यक्रमको तयारी पुरा भईसकेको संस्थाका महासचिव नरेशबहादुर जिसीले जानकारी दिनुभयो ।
गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ तीज समापन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७१ गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा संस्थाको प्रथम अधिवेशन गरिने भएको छ ।
जापानमा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रम सफल बनाउनका लागि उपस्थित भईदिन स्याङ्गजा सहयोग समाज जापानले अनुरोध गरेको छ ।
कार्यक्रम स्थानिय समय अनुसार दिनको पाँच बजे हुनेछ । टोकियो स्थित ईकेबुकुरो तोसिमा – कु मिन सेन्टर, तोसिमाकुमा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्याङ्गजा सहयोग समाज जापानले विगतमा झै आफ्नो संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप तीज कार्यक्रम गर्न लागेको हो ।
स्याङ्गजा जिल्ला लोकदोहोरी क्षेमा धेरै नै अघाडी रहेको छ गृह जिल्लाका तिन लोकदोहोरी गायकहरुले नै कार्यक्रमलाई तताउनेछन।













प्रतिक्रिया