२८ कार्तिक २०८३, शनिबार

विप्लव माओवादीले कात्तिक २८ गते नेपाल बन्द गर्ने, देशव्यापी आन्दोलनको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplob

काठमाडौं, २० भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आगामी कात्र्तिक २८ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लव माओवादीका प्रवक्ता खड्क विश्वकर्माले फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको र त्यति बेला सम्म संघर्षका कार्यक्रम अन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं, तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक विप्लव माओवादीले नेपाल बन्द आह्वान गरेको हो ।