२८ कार्तिक २०८३, शनिबार

पूर्व आपूर्तिमन्त्री गुप्ता फेरि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shyam-Sundar-Guptaकाठमाडौं, २० भदौ । जबरजस्ती रकम असुलीको आरोपमा पूर्व आपूर्तिमन्त्री शयामसुन्दर गुप्तालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ परेका गुप्तालाई म्याद थप गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

उनी यो भन्दा पहिले पनि व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर ३ वर्ष जेल बसेका थिए ।

गत वर्ष साउन २ गते छुटेका गुप्ता पहिलो संविधानसभामा सभासद थिए ।