काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको लागि एमालेको सहयोग अनिवार्य रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्ष्त्कारमा उहााले भन्नुभयो, ‘संविधान संशोधनको लागि दुईतिहाई चाहिन्छ, त्यो एमाले, राप्रपा नेपाल, माले लगायतका विपक्षी दलहरुले साथ दिएमात्रै सम्भव छ, उहाँहरुले साथ दिनुभयो भने संशोधन हुन्छ, होईन भने गाह«ो हुन्छ ।’ उहाँले संशोधनको लागि दलहरूवीच राष्ट्रिय सहमति बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन ।’
नेता रायमाझीले संविधान निर्माण र जारी गर्दाको जस्तै संशोधन र कार्यान्वयनको लागि दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता औल्याउँदै भन्नुभयो, ‘एमालेले पनि यसमा सहयोग गर्नुपर्छ ।’ उहाँले संविधान कार्यान्वयन गर्दा आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
‘संविधान संशोधन नगरी अहिलेकै अवस्थामा चुनाव हुन कठिन छ, संशोधन प्रस्ताव पेश गरेरमात्रै मधेशी मोर्चाका साथीहरुले त्यसैलाई ईस्यु बनाएर चुनावमा जाने हो भने निर्वाचन हुन सक्छ, प्रस्ताव जाने तर संशोधन नहुन पनि सक्छ, प्रस्ताव लैजानको लागि हामी तयार छौं’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन स्वयम् संविधान कार्यान्वयनको एउटा पाटो भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।’











प्रतिक्रिया