बैंकक । गैर आवाशीय नेपाली संघ (एनआरएनए) थाईलेन्डले थाइलेण्ड–नेपाल फ्रेन्डशिप रिसेप्सन को आयोजना गरि नेपाललाई निरन्तर सहयोग पुर्याउदै आएका १०५ व्यक्ति एबम संस्थालाई सम्मान गरेको छ ।
सेप्टेम्बर १ तारिखमा बैंककको होलिडे इन् होटेलमा आयोजित एक बिशेष रात्री भोजका साथ् सम्पन्न उक्त कार्यक्रममा बोल्दै एनआरएनए थाईलेन्डका अध्यक्ष खगेन्द्रराज ढकालले थाई जनता र नेपाली जनता बीच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्ध लाइ अझ प्रगाढ र दिगो बनाउनको लागि उक्त रिसेप्सन आयोजना गरिएको बताए ।
बिगत ३ वर्ष देखि एनआरएनए थाईलेन्डको नेतृत्व लिएका अध्यक्ष ढकालले आफ्नो नेतृत्वको सुरुवात देखिनै पिपल टू पिपल डिप्लोमेसी मा जोड दिदै आएका थिए। ढकालले भने ३ बर्ष देखिको निरन्तर प्रयासले आज नेपाल लाइ जनस्तर बाट निसर्त सहयोग गरिरहेका नेपालका सच्चा मित्रहरुलाइ एउटै फोरममा भेला गर्न र सम्मान गर्न सम्भब भएको हो। थाई र नेपाली जनताको निकटताका मुख्य आधारहरु संस्कृतिक , अध्यात्मिक र ब्यापारिक सम्बन्ध रहेको र यसको व्यापक विस्तार र प्रबर्धन गर्ने सकिने सम्भावना पनि रहेको ढकाल को दाबी थियो। किंग मोंकुट युनिभर्सिटीका प्राध्यापक समेत रहेका ढकालले भने ‘जब जनस्तरको सम्बन्ध विस्तार र प्रगाढ हुन्छ सरकारी तहमा पनि कुटनीतिक सम्बन्ध सुद्रिढ भएर जाने भएकोले एनआरएन थाइलेण्डले नेपाल सरकारका कुटनीतिक प्राथमिकतामा परेको बिसय हरुलाई जनस्तरबाट सहयोग गर्ने नीति रहेको बताए ।
रिसेप्सन लाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले थाई जनताले गत बर्षको भुकम्पको बेलामा र गत अप्रिलमा नेपाल फेस्टिबलको क्रममा एनआरएन थाइलेण्डलाइ पुर्याएको सहयोग को भाबुक भएर स्मरण गरेका थिए । भूकम्पको समयमा करिब ६० लाख रुपयाँ क्यास सहयोग स्वत स्फुर्त रुपमा एनआरएनए थाईलेन्ड मार्फत मात्र उठेको थियो भने ६ टन भन्दा बढी रिलिफ सामग्री नेपाल एनआरएन थाइलेण्डले नेपाल पठाएको थियो। उनले थपे थाईहरुकै बिशेष सहयोगमा गत अप्रिलमा एसियाकै ठुलो मल् सेन्ट्रल वोर्ल्डमा करिब ३ करोड नेपाली खर्चको ५ दिने नेपाल फेस्टिबल सम्पन्न भएको थियो। उक्त फेस्टिबल बाट भएको आम्दानी बाट पनि करिब २२ लाख नेपाली थप रकम भूकम्प पिडितको लागि घर बनाउन नेपाल पठाउने ढकाल ले जानकारी गराए ।
उक्त समरोहमा बोल्दै थाईलेन्डकालागि नेपालका राजदुत खगनाथ अधिकारिले उक्त थाइलेण्ड–नेपाल फ्रेन्डशिप रिसेप्सन दुइ देश बिचको सम्बन्धको इतिहाँसमै एउटा नया सुरुवात भएको र दुइ देश बिचको सम्बन्धमा यसले निश्चयनै नया उचाइ थप्ने बताए। राजदुत अधिकारीले नेपालको विनासकारी भुकम्प देखि केहि महिना अगाडी बैंककको सबैभन्दा ठुलो मल सेन्ट्रल वोर्ल्डमा सम्पन्न नेपाल फेस्टिवल र त्यसमा प्राप्त थाई सहयोग र गैर आबासिय नेपाली संघ थाइलेण्डको भूमिका प्रति बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।
त्यस्तै गरि नेपालका थाई मित्रहरु को प्रतिनिधित्व गर्दै बिश्वो परिचित सेन्ट्रल पटना समुहका उपाध्यक्ष क्रिट कुनप्लिनले नेपाली जनता र थाई जनता बिचको सम्बन्ध भगवान बुद्धको जन्म देखिनै सुरुवात भएको र यसलाई संस्थागत गर्न एनआरएनए थाईलेन्डले पछिल्ला दिनमा लिएका कदमहरुबाट आफु निकै प्रभावित भएको बताए। कुनप्लिनले आफ्नो सगरमाथा बेसक्याम्प सम्म पुग्दा को अनुभब समेटर एक पुस्तक लेखेका छन् र जसको सम्पूर्ण आम्दानी नेपालका भुकुम्प पिडितलाई एनआरएनए थाईलेन्ड माफत सहयोग गर्ने घोसना गरेका छन्। उनको किताब अहिले थाइलेण्डमा बेस्ट सेलर भएको छ । त्यस्तै गरेर नेपाल फेस्टिवल सम्पन्न गराउन सहयोग गर्ने कि पर्सन को रुपमा उनलाई चित्रण गरिएको थियो ।
कार्यक्रममा उपस्थित नेपाल लाइ उल्लेखनिय सहयोग पुर्याउने थाई हरुको प्रोफाइलहरु समेटेर एनआरएनए थाईलेन्डका महासचिब रबि महर्जनले एक भी टि आर पनि प्रस्तुत गरेका थिए भने उपाध्यक्ष असाजिता अवाले ले सम्पूर्ण सहयोगी संघ संस्था एबम व्यक्ति हरुलाई धन्यवाद ब्यक्त गरेका थिए।
सम्मान हुनेमा नेपालको बिसयमा लेख्ने लेखक, नेपालको कला र संस्कृतिका प्रबर्द्धक, पत्रकार, हिमाल आरोही , नायक, नायिका, पूर्व मन्त्रि, सेना एबम प्रहरीका अधिकृत, लुम्बिनीको बिकासमा सहयोग पुर्याउने, नेपालको पर्यटन प्रबर्धन मा सहयोग गर्ने, नेपाल संग नजिक बुद्धिस्ट संघ संस्था, भुकम्पमा सहयोग गर्ने हरु देखि नेपाल फेस्टिवलमा सहयोग पुराउने एबम विभिन्न कजहरुमा एनआरएन लाइ सहयोग पुर्याउने थाईलेन्डका चर्चित व्यक्ति एबम संस्थाहरु रहेको संघका कोषाध्यक्ष गाबो ( कान्छा) गुरुंगले बताए । त्यसमा पहिलो सगरमाथा आरोही देखि थाईलेन्डकै सर्ब प्रतिष्ठित ब्यापारिक समूह सेन्ट्रल पटना समेत परेका थिए । अध्यक्ष ढकाल र राजदुत अधिकारी ले संयुक्त रुपमा कदर पत्र प्रदान गरेर उनीहरुलाई सम्मान गरिएको थियो ।
कर्यक्रमको दोस्रो सत्रमा स्थानीय थाई नेपाली संघ र किरात चुम्लुङ्गका कलाकारहरुले नेपाली नृत्य हरु प्रस्तुति गरेका थिए भने नेपाली गायक आनन्द कार्कीको सोलो कन्सर्ट दिएका थिए। कार्कीका कर्ण प्रिय गीतहरुले सिंगो हल नै नचाएको थियो। उनले गित गाउदा थाईहरु समेतनाच्दै स्टेज नजिक पुगेका थिए। उक्त फ्रेन्डशिप रिसेप्सन समारोहको संचालन किंग मोंग्कूट युनिभर्सिटीकी प्राध्यापक मेघा चन्द ले गरेकी थिन। त्यस्तै गरेर संस्कृतिक कार्यक्रम को संयोजन एबम व्यपस्थापन गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य सोम्चाई क्षत्री ( कुमार) ले गरेका थिए।
सम्मान लागि निमन्त्रित थाईलेन्ड स्थित विभिन्न संघ संस्था र व्यक्तिहरुका अतिरिक्त कार्यक्रममा थाई सरकारका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधिहरु , थाईलेन्ड स्थित विभिन्न युनिभर्सिटी, संयुक्त राष्ट्र संघ एबम विभिन्न अन्तरास्ट्रिय संघ संस्थामा कार्यरत नेपाली हरुको उपस्थिति थियो। गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य सोम्चाई क्षत्री ( कुमार ), मनोज राना , एनआरएनए थाईलेन्डका पूर्व अध्यक्ष रमेश हमाल, संरक्षक डेविड खनाल , सल्लाहकारहरु डा. राम तिवारी, मदन बन्धु रेग्मी , भारती लिम्बुनी, राष्ट्रिय एबम क्षेत्रीय समितिका पदाधिकारी एबम सदस्यहरु पनि समारोहमा सहभागी भएका थिए। नमोबुधया क्लब कि प्रमुख एबम नेपालप्रेमी अफिनिता चाइचना कार्यक्रमको ब्यबस्थापनमा बिशेष सहयोग पुर्याएको थिईन ।
५७ वर्ष लामो नेपाल र थाईलेन्ड सरकारको कुटनीतिक समन्धमा पहिलो पटक भएको यस कार्यक्रमले नया उच्चाई दिने रिसेप्सनका थाई तथा नेपाली सहभागीहरुले टिप्पणी गरेका थिए।
















प्रतिक्रिया