२८ कार्तिक २०८३, शनिबार

मधेसको माग सम्बोधन गर्न सरकार तयार रहनुपर्छः नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman Singh

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मधेस लगायत माग सम्बोधन गर्न सरकार तयार रहनुपर्ने बताएका छन् ।

नेपाल तरुण दल काठमाडौं जिल्लाको आज चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले अब नतिजामा केही नदेखिने भाषण मात्र गरेर मुलुकले निकास पाउन नसक्ने बताए ।

मधेस समस्याको समाधान र स्थानीय तहको सीमांकन तत्काल टुंगोमा पुर्याउन पनि राजनीतिक सहमति जुटाउनुपर्ने भन्दै तत्काल एउटा निस्कर्षमा पुग्न नसके कुनैपनि निर्वाचनको वातावरण निर्माण हुन नसक्ने उनको भनाई छ ।

यो सरकार परिबर्तन कांग्रेसको अगुवाईमा भएकाले अब कांग्रेस पार्टी र सभापति देउवाले नै अग्रसरता लिएर राजनीतिक सहमति जुटाएर संविधान कार्यान्वयनको बातावरण निर्माण गर्नुपर्नेमा यनले जोड दिए ।

पार्टीमा कुरा एकाथरि काम अर्कोथरि गर्ने बानी बिकास भएकाले पार्टीको विश्वसनियतामाथि प्रश्न चिन्ह खडा भएकाले बोली र व्यवहारमा एकरुपता ल्याउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै रक्षामन्त्री बालकृष्ण खाँणले मुलुको समस्या समाधानको लागि सरकार तयार रहेको बताए । फरक प्रसंगमा बोल्दै तरुण दलको अधिबेशनमा अध्यक्ष बाहेक सबै सदस्यहरुलाई चुनावमा प्रतिस्पर्धा गर्न दिनुपर्ने पक्षमा आफू रहेको बताए ।

काठमाडौं जिल्लाको अधिबेशनले आज जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।