२८ कार्तिक २०८३, शनिबार

बैंककबाट फर्किएका ओलीले माओवादीलाई दिए चेतावनी- झुटको खेती नगर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-1

काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।

सोमबार थाइल्याण्डको बैंककबाट उपचार गरेर स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेससँग मिलेर आफूलाई बद्नाम गराउन नियोजित षडयन्त्र रचेको भन्दै झुटको खेती नगर्न चेतावनी दिएका हुन् ।

आफ्नो भ्रमणलाई लिएर केहीले गलत प्रचार गरेको भन्दै उनले सुरुमा आपत्ति जनाएका थिए । भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको केही समाचारप्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री ओलीले भने– ‘अत्यन्तै निन्दनीय तरिकाले झुटको खेती गरेको पाइयो । त्यसमा कुनै सत्यता छैन ।’

उपचारका लागि थाइल्याण्ड गएका बेला माओवादी निकट मिडियाहरुले ओलीले ‘रअ’का प्रमुखलाई भेटेको समाचार प्रकाशित गरेका थिए । यसलाई एमाले नेताहरुले माओवादीले बदनाम गराउन गरेको ‘प्रपोगाण्डा’ भनेका छन् ।

स्वास्थ्य अवस्था ठिक छ

अध्यक्ष ओलीले एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो भएको बताए । डाक्टरहरुको रिपोर्टमा आफ्नो स्वास्थ्य ठीक रहेको उल्लेख रहेको भन्दै उनले देश र जनताको पक्षमा तथा संविधान कार्यान्वयनमा भूमिका खेल्न सक्ने भएर आएको बताए ।

दबाबमा संविधान संशोधन हुँदैन

अध्यक्ष ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताए । संविधान आफैंमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घेल्याइँ सम्बोधनका लागि बिना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने जनाए ।

सत्ता गठबन्धनले मधेसी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले आफूहरुसँग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको स्पष्ट पारे ।

पूर्व प्रधानमन्त्री ओलीले भने– “सङ्घीयताको सीमाङ्कन मधेसको मात्र मुद्दा होइन, मुलुककै विषय हो । पहिलो संशोधनबाट मधेसी दलको माग सम्बोधन भइसकेको छ । जिद्दी वा आग्रहका भरमा अर्को संशोधन हुँदैन । देशको प्रतिष्ठा र इज्जतमा धक्का लाग्ने गरी अनुचित संशोधन गरिनु हुन्न ।”