
जुम्ला, २० भदौ । शनिगाउँ ४ जलजला भन्ने स्थानमा जिल्ला प्रहरी कार्यालय जुम्लाले वेबारिसे अवस्थामा रहेको एसएलआर थान एक भदौ १९ गते फेला पारेको छ ।
वेवारिसे अवस्थामा फेला परेको एसएलआरको म्यागजिन भने जुम्लाकै धापा गाविस ९ अन्तर्गत स्याउको बगैचामा कालो झोलामा फेला परेको प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा गत भदौ १५ गते जिल्लाको वुम्रमाडीचौरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका ५ जनालाई पनि सार्वजनिक गरिएको छ ।
गज्याङ्गकोट २ गज्यांकोट गाउँका ३० वर्षीय धिरवहादुर परियार, धापा ६ का ३३ बर्षीय अशोक तिरुवा, मुगु जिल्ला कोटवाडा ८ लुईगाउँका ३१ वर्षीय दलवहादुर कार्की, मुगु जिल्लाकै जिमा गाविसका २५ वर्षीय गोविन्द टमाटा, जुम्ला मालिकाठाटा ४ का ३२ वर्षीय मुनवहादुर रोकायालाई पत्रकार सम्मेलमा सार्वजनिक गरिएको हो ।
भदौ १५ गते वरामत गरिएको एसएमजी एक थान, लाईभ सात राउण्ड गोली, एक थान चाईनीज पेस्तोल सहित लाईभ तीन राउण्ड गोलीसहित नगद ७२ हजार ७ सय ८६ रुपैया समेत बरामद गरिएको जनाएको छ ।
यसैगरी चाईनिज रुपैया ४१ रुपैया, मोवाईल ४ थान र झोला ५ थान सार्वजनिक गरिएको छ । विशेष सूचनाको आधारमा जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनमा गिरफ्तार गरिएको प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले बताए ।
– मानदत्त रावलबाट


















प्रतिक्रिया