३० आश्विन २०८३, शुक्रबार

संसारकै महंगो सिंहजस्तो कुकुर, मूल्य सुनेर होसै उड्नेछ!

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

expensive-dog_china

एजेन्सी । यदि सिंह अगाडि आउँछ भने मान्छेहरुको शरीर थर्कन्छ । तर, एउटा कुकुर यस्तो छ जसलाई देखेपछि सिंह पनि लजाउछ ।

हुबहु सिंहजस्तै देखिने यो कुकुर पुरै कुकुर भने होईन् तर यो प्रजातिको कुकुरलाई खरिद गर्नका लागि २० करोड रुपैयाँको आवश्यकता पर्दछ ।

यो प्रजातिको कुकुर किन्न मानिसहरु किन चाँही मुखले भनेको मुल्य तिर्न तयार हुन्छन् त ? यो भने उत्सुकताको कुरा छ ।

म्यास्टिफ प्रजातिको यो कुकुर देख्नमा मात्रै सिंह जस्तो नभएर त्यति नै बलवान पनि छ । त्यसैले होला संसारमा सबैभन्दा महँगो कुकुर पनि यसैलाई मानिएको छ ।

अहिलेसम्म यो कुकरको लागि सबैभन्दा बढी मुल्य चीनमा तिरिएको छ । एक व्यक्तिले यो कुकुरलाई २० करोड रुपैयाँमा किनेका थिए ।

यद्यपी चीनमा यो प्रजातिको कुकुरलाई घरमा राख्न शुभ मानिन्छ त्यसैले चीनमा यो कुकुरलाई हरकसैले पनि किन्न चाहन्छन् ।

केवल तिब्बतमा मात्रै पाईने यो कुकुरको शरीरमा सिंहको जस्तै रौँ हुन्छन् । ३१ ईन्च अग्लो र ९० किलो तौल हुन्छ ।

expensive-dog_china-4 expensive-dog_china-3 expensive-dog_china-2 expensive-dog_china-1