भैरहवा, २० भदौ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल रुपन्देहीमा १४ वर्षपछि नयाँ नेतृत्व चयनका लागि अधिवेशन भएको छ । विवादका कारण यतिका वर्षसम्म हुन नसकेको अधिवेसन पुनः विवादित भएको छ । अधिवेसनले कांग्रेस रुपन्देहीमा ध्रुवीकरण सृजना गरेको छ ।
यतिबेला कांग्रेसका जिल्ला स्तरीय मात्रै नभई रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरुबीच बोली बाराबारको अवस्था सृजना भएको छ ।
प्रत्येक २ वर्षमा हुनुपर्ने अधिवेसन डेढ दशक पछि हुदां समेत कांग्रेसमा गुटबन्दीको रोग कति फैलिएको छ भन्ने प्रस्टै भएको छ ।
अधिवेसनको भदौं १६ गते रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका मन्त्री खाण, पार्टीका जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाक, पुर्व अर्थराज्यमन्त्री तथा सांसद भरत शाह लगायतले तरुणहरुको भेलालाई सम्बोधन गर्दै धेरै वर्ष पछि हुन लागेको अधिवेसन निर्विवाद र सर्वसम्मत हुनेमा अपेक्षा सहितको शुभकामना मन्तब्य राखेका थिए ।
शुभकामना मन्तब्यको शब्द राखेको केही समयपछि नै तरुण दलमा विवाद भयो । अधिवेसन चलिरहँदा तरुणहरुको एउटा तप्का अधिवेशन नै बहिस्कार गरी बाहिरीएको थियो ।
तरुण दल रुपन्देहीका अध्यक्ष चिरञ्जीवी पौडेल समूहले अधिवेसन प्रतिनिधि छनौट सच्चाउन माग गर्दै बाहिरिएको थियो । अर्कोपक्षले निर्वाचन प्रक्रिया नरोक्नेगरी कार्यक्रम अगाडि बढाएपछि विवाद झनै सतहमा आयो ।
तरुण दल रुपन्देहीमा दुई पक्षले अलग अलग अध्यक्ष सहित जिल्ला समिति नै घोषणा गरेका छन् । अधिवेसनमा भाग लिएको पक्षले सोमबहादुर गुरुंग (सेते) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरी जिल्ला समिति घोषणा गरेको छ । जसको उपाध्यक्षमा दिनेश भट्टराइ, सचिवमा रमेश शाही, कोषाध्यक्षमा बासुदेव बस्याल र केन्द्रिय पार्षदमा वृजेश न्यौपाने चयन भएका छन् ।
यता अधिवेशन बहिस्कार गरेको समुहले सुीशल गुरुङगको अध्यक्षतामा समानान्तर समिति चयन गरी घोषणा गरेको छ ।
जसको उपाध्यक्षमा पोषराज चापागाई, सचिवमा चुडामणि भुसाल, कोषाध्यक्षमा होम प्रसाद ढकाल, केन्द्रीय पार्षदमा चिरन्जीवी पौडेल, महाधिवेसन प्रतिनिधिमा सीता राई, आदिबासी जनजाति तर्फबाट अमित कुमार साहनी, दलितबाट पदम मिजार र मुश्लिम समुदायबाट अब्दुल महिम खांन चयन भएका छन् ।












प्रतिक्रिया