१ कार्तिक २०८३, शनिबार

युएईमा ज्योति मगरले यसरी नचाइन् दर्शक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12– मानबहादुर के.सी. मुस्कान

यूएई । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीजको अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल–खैमा क्षेत्रीय समितिले आयोजना गरेको नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्व तथा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइराला, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य तथा डा. दिनेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।

समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत झन्डै १ हजार भन्दा बढि दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक नवीन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर सँगै गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सूर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत दर्जनौ कलाकारहरुले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।
11
मुख्य आकर्षण रहेकी पछिल्लो समय स्टेज कार्यक्रमहरुमा छोटा कपडा लगाएर उत्तेजित हर्कत देखाउदै आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी गायिका तथा मोडेल ज्योति मगरको नाम लिने बित्तिकै पूरै हल सिटीले गुन्जिएको थियो ।

ज्योति मगरले आफ्नै अन्दाजमा उफ्री उफ्री नृत्य गर्दै पिरतिमा दम छ, जिम्माल बाउ कि छोरी, उई मुलाको सिन्की उई मुलाको चाना जस्ता आधा दर्जन गीत गाउदा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि उत्तेजित हुँदै छमछमी नाच्दै थिए भने कोहि सिटी बजाउदै आ–आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए ।