काठमाडौं, १९ भदौ । नेकपा एमालेले उपचारका लागि थाइल्याण्डमा रहेका अध्यक्ष केपी शर्मा ओलीले राज्य कोषबाट एक पैसा पनि उपचार खर्च नलिएको स्पष्ट पारेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न विदेश गएका हुन् ।
‘ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनेर फैलाईएको हल्ला सबै झूठो हो, उहाँको उपचारको व्यवस्थापन पार्टीले उहाँको निजी स्रोतबाट गरेको हो,’ श्रेष्ठले भने ।
यदि राज्य कोषबाट उपचार खर्च लिएको लाग्छ भने सार्वजनिक गरेर देखाउन उनले सम्बन्धित निकायलाई चुनौति दिए ।
उपचारका लागि भदौ ९ गते थाइल्याण्ड गएका ओली सोमबार स्वदेश फर्किदैछन् ।












प्रतिक्रिया