काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यसम्बन्धी आफ्नो योजना द्रुत गतिमा कार्यान्वयन गराउन स्वास्थमन्त्री गगन थापालाई निर्देशन दिएका छन् ।
आइतबार आफ्नै कार्यकक्षमा बोलाएर प्रचण्डले प्रत्येक हेल्थ पोष्टमा डाक्टर उपस्थिति, डा. गोबिन्द केसीका मागका विषय र जनतालाई अतिआवश्यक पर्ने स्वास्थ्य क्षेत्रको सुधारका विषय कार्यान्वयन गराउन थापालाई निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । ‘मेरो मन्त्रिमण्डलमा आशा गरिएको ब्यक्ति तपाई नै हो । केही देखिने र अनुभव हुने काम गर्नुस्,’ प्रचण्डले सुझाव दिँदै गगनलाई भने ।
जवाफमा स्वास्थमन्त्री गगन थापाले आफ्नो कार्यकालमा थोरै भएपनि सुधारका कार्यक्रम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।












प्रतिक्रिया