१ कार्तिक २०८३, शनिबार

न्युजिल्याण्डको क्राइस्टचर्चमा धुमधाम मनाइयो तीज (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teej-newzland-1

क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चमा बस्ने नेपालीले हरितालिका तीज धुमधामसंग मनाएका छन् ।

नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टवरीले हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगितासहित दर विशेष कार्यक्रम आयोजना गरेको थियो ।

क्राइस्टचर्चको हवार्ड कम्युनिटी लाउञ्जमा भेला भएका नेपाली महिलाका विभिन्न ८ समूहबीच नृत्य प्रतिस्पर्धा भएको थियो । सोसाइटीले तीज, दशैं, तिहार तथा नेपाली नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।

विदेशमा बसे पनि नेपाली परम्परा र संस्कृति अनुसार चाडपर्व मनाउन यस्ता कार्यक्रम संयोजन गरिएको सोसाइटीका अध्यक्ष सागर पाण्डेको भनाइ छ ।

तस्बिरः मनिष मल्ल

Teej-newzland  Teej-newzland-2 Teej-newzland-3 Teej-newzland-4