१ कार्तिक २०८३, शनिबार

झापाली समाज युएईको तीज विषेश कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14141541_1331270993568649_8303419416572436924_n– भरत शिवाकोटी

युएई । झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर २ शुक्रबारका दिन नारिहरुको महान चाड हरितालिका तीज विषेश सांगीतिक कार्यक्रम झापाली समाज युएईको आयोजनामा काल्ट्रोन टावर देहरा दुवईको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावस युएईकी प्रतिनिधी हीरा यादव, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइराला, समाजसेवी सालिक सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

युएईमा कृयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रित थिए ।

प्रमुख अतिथी तथा विषेश अतिथिबाट संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उदघाटन गरिए पश्चात गाईएको नेपाली राष्ट्रिय गानले उपस्थित सबैलाई हर्षित बनाएको थियो ।

युएईको विभिन्न स्थानहरुबाट आएका झापालीहरु तथा नेपालीहरुले खचाखच भरिएको सभाहलमा अतिथी कलकारहरु प्रकाश पौडेल, तारावीर पाण्डे, टंक बुढाथोकी र कविता शिवाकोटीले प्रस्तुत गर्नुभएको गायनबाट उपस्थित नेपालीहरुले भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए।