काठमाडौं, १९ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र तीन बुँदे सहमति कार्यान्वयनको समीक्षा गर्न मधेसी मोर्चासहितका दल आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा अपरान्ह बस्ने बैठकमा तीन बुँदे सहमति कार्यान्वयनकै विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
‘सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन र त्यसको समीक्षा गर्न संघीय गठबन्धनको बैठक बस्दैछ’, झाले भन्नुभयो, ‘केही माग पूरा भए पनि राजनीतिक माग पूरा हुन बाँकी छ । केही प्रशासनिक माग पनि सबै पूरा भएका छैनन् त्यस विषयमा पनि कुराकानी हुन्छ ।’
शहीद घोषणा, घाइतेलाई उपतार, क्षतिपूर्ति, राजनीतिक मुद्दा फिर्ता आदि पूर्ण रुपमा माग पूरा नभएको गठबन्धनको भनाइ छ ।











प्रतिक्रिया