२८ कार्तिक २०८३, शनिबार

निधिलाई नेपालको खाएर विदेशीका लागि काम गर्ने भनेपछि संसदीय बैठकमा हंगामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhi

काठमाडौं, १७ भदौ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमाथि सांसदहरुले गम्भीर आरोप लगाएका छन् ।

भारत नजिक मानिने निधिलाई शुक्रबार बसेको बैठकमा सांसदहरुले नेपालको खाएर विदेशीका लागि काम गर्ने ‘दलाल’को आरोप लगाएका हुन् ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गोप्य’ पत्र दिएर विवादमा तानिएका निधिलाई सांसदहरुले पत्र सार्वजनिक माग गरेका थिए । तर, उनले एक देशको प्रमुखले छिमेकी देशको प्रमुखलाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने जवाफ दिएपछि सांसदहरुले उनका देशभक्त योद्धा पितालाई सम्झिँदै उनलाई ‘दलाल’को संज्ञा दिए ।

मोदीलाई पठाएको पत्र सार्वजनिक नगर्ने भनेपछि बैठकमा एमाले सांसद चूडामणि जंगलीले भने- ‘निधीका पिता महेन्द्रनारायण निधी देशभक्त योद्धा थिए तर, छोराले भने नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेर बेइज्जत गरे ।

यस्तो आरोप लागेपछि निधिले तत्कालै प्रतिबाद गरे र मार्क्स–लेलिनका चेलाले विपीका चेलालाई राष्ट्रवाद सिकाउन पर्दैन् भने । उनले संसदीय समितिका सभापतिलाई आफूमाथि लागेको आरोप रेकर्डबाट मेटाउन लगाए ।