काठमाडौं, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रबारे शंका नगर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विपक्षीलाई आग्रह गरेका छन् ।
उक्त पत्र एक प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीलाई लेखेकाले सार्वजनिक गर्न नमिल्ने भन्दै उनले नेपालको राजनीतिक आवस्थाबारे र आफ्नो सरकारलाई शुभकामना दिएकोमा भारत सरकारलाई धन्यवाद लगायतका सामान्य कुरा मात्रै पत्रमा भएको दाबी गरे ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बोल्दै निधिले बर्तमान सरकार छिमेकी देशसँग सम्बन्ध सुधार्नमा केन्द्रित भएकाले दाहालको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण निश्चित भएको समेत बताए ।
निधिले नेपालको संविधानको विषयमा आफूले भारतमा छलफल नगरेको समेत दाबी गरे ।












प्रतिक्रिया