२७ कार्तिक २०८३, शुक्रबार

ओली सरकारको निर्णय उल्ट्याउँदै प्रचण्डले राजदूत सिफारिस गरेपछि एमाले नेता फायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-shankar-pokharel-1

काठमाडौं, १६ भदौ । सरकारले भारत र चीनमा राजदूत सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै भारतमा राजनीतिक र चीनमा गैरराजनीतिक व्यक्तिलाई राजदूतमा सिफारिस गरेकामा एमाले नेता शंकर पोखरेलले आपत्ति जनाएका हुन् ।

विहीबार साँझ प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपकुमार उपाध्याय र चीनका लागि सरकारका पूर्व मुख्यसचिव लिलामणी पौड्याललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

यो निर्णय लगत्तै एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत ‘चीनका लागि नेपाली राजदूतमा लिलामणी पौड्यालजीको छनौट उपयुक्त हो । तर, भारतमा राजनीतिक र चीनमा गैरराजनीतिक छनौट किन ?’ प्रश्न गरेका छन् ।

धेरैले यो सिफारिस भारतकै योजनामा बनेको आशंका व्यक्त गरेका छन् ।

यस्तो छ प्रतिक्रियाः