२७ कार्तिक २०८३, शुक्रबार

‘भारतलाई पठाएको पत्रबारे ‘प्रचण्ड’ आफैले जानकारी दिनु पर्‍यो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bhadur-kcकाठमाडौं, १६ भदौ । राष्ट्रिय जनमोर्चाका सांसद तथा अध्यक्ष चित्रबहादुर केसीले हाम्रो आफ्नो संविधान संशोधन गर्ने कुरा छिमेकी शासकहरूलाई जानकारी पठाएको भन्दै आपत्ति जनाउनुभयो ।

संसदको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले विदेशी शासकहरूलाई आफ्नो संविधान संशोधानका विषयमा भन्ने कुरा राष्ट्रियता विरोधी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छिमेकी शासकहरूलाई आन्तरिक विषयको जानकारी दिनु गलत हो । चित्त नबुझेको कुरा हामी आफैले मिलाउनु पर्छ ।’

भारतलाई संविधान संशोधन गर्न लागेको भनेर पठाएको पत्रका विषयमा प्रधानमन्त्री आफै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो । ‘भारतलाई पठाएको पत्रबारे प्रधानमन्त्री आफैले सदनलाई जानकारी दिनुपर्छ’, उहाँले भन्नुभयो ।