२७ कार्तिक २०८३, शुक्रबार

बन्यजन्तुको अवैध ओसारपसार गर्ने चौवालीस जना विरुद्ध मुद्दा दायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banकाठमाडौं, १६ भदौ । जिल्ला वन कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७२/७३ मा वन्यजन्तु अपराधसम्बन्धी ४४ मुद्दा अनुसन्धान गरी दायर गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा वन्यजन्तुलाई अवैधरुपमा ओसारपसार गरेको भेटिएपछि प्रहरीको सक्रियतामा पक्राउ गरी मुद्दा दायर गरेको हो ।

कार्यालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाले काठमाडौंमा दायर भएका ४४ मुद्दामध्ये ३३ काठमाडौँ जिल्ला अदालतमा र ११ वटा जिल्ला वन कार्यालयमा दायर गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वर्षभन्दा बढी सजाय हुने वन्यजन्तु अपराधसम्बन्धी मुद्दालाई अदालत र कम हुनेलाई कार्यालयले हेर्ने गरेको छ ।”

कार्यालयले संरक्षित वन्यजन्तु ओसारपसार गरेमा पाँचदेखि १५ वर्षसम्म र अरू वन्यजन्तुका लागि एक वर्षभन्दा कम कैद बस्ने व्यवस्था गरेको छ । संरक्षित वन्यजन्तुमा बाघ, हात्ती, अर्नालगायत पर्छन् भने कम महत्वका जन्तुमा चितुवा, बँदेल र चराचुरुङ्गी पर्छन् । रासस