
काठमाडौं, १६ भदौ । धादिङमा तीब्र गतिमा रहेको कुटनीतिक नियोगको सवारीले ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक भरत राउत कुर्मी गम्भीर घाइते भएका छन् ।
अनियन्त्रित रुपमा आएको कुटनीतिक नियोगको सवारी साधनले डिउटीमा रहेका सहायक निरीक्षक राउतलाई ठक्कर दिएको हो ।
बैरेनी– ८ गल्छि चोकमा बुधबार बेलुकी पौने ७ बजे कुटनितिक नियोगको सवारी साधनको ठक्करबाट ड्युटीमै रहेका प्रहरी चौकी गल्छीमा कार्यरत प्रहरी सहायक निरिक्षक राउत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते राउतलाई थप उपचारको लागि ललितपुरस्थित बी.एण्ड बी. अस्पताल ग्वार्को ल्याइएको छ । ठक्कर दिने सवारी साधनसहित चालकलाई प्रहरी चौकी गल्छीले नियन्त्रणमा लिइसकेको छ ।
स्रोतका अनुसार कुटनीतिक नियोगको सवारी साधन र चालकलाई छाड्न उच्च तहबाट प्रहरीलाई दबाब परेको छ । सवारी साधन कुन कुटनीतिक नियोगको हो सो विषयमा केही खुलाइएको छैन ।











प्रतिक्रिया