एस्सेन, (जर्मनी) । जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको रुपमा गत मे ९, २०१६ मा तदर्थ रुपमा गठन भएको चितवन समाज जर्मनी संस्थापक समिति विधिवत गठन भएको छ ।
जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु उल्लेख्य रुपमा भेला भै संस्थापक समितिको चयन गरेका हुन् । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीको सभापतित्व अनि गैह्र आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यतामा दीपेन्द्र सुवेदीले सभा संचालन गरेका थिए ।
कार्यक्रममा सुनिल हमालले स्वागत गीत अनि भीमा नानी श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
आपसी परिचय पछि मन्तब्यको क्रममा जीवा लामिछानेले सामाजिक उद्देश्य प्राप्त गर्न एक आपसमा संगठित हुदै अघि बढ्नु पर्ने धारणा प्रस्तुत गर्नुभयो ।
बिशेष अतिथिको रुपमा चितवन सहायता कोष बेल्जियमका अध्यक्ष दिनेश भण्डारीले संस्थाले संचालन गरेका परोपकारी कार्यहरुको उल्लेख गर्दै जर्मनीका साथीहरुसंग हातेमालो गरी सामाजिक कार्यहरु संचालन गर्ने मनसाय प्रकट गर्नुभयो ।
किरण चन्द्र रायमाझीले चितवन समाज जर्मनीको लागि प्रस्तावित विधानको पूर्णपाठ गर्नुभयो र संसोधन सहित बिधान पारित भयो ।
तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीले संस्थाको आधिकारिक स्थापनार्थ विगतका महिनाहरुमा भएका र गरिएका कार्यप्रगतिको फेहरिस्त प्रस्तुत गर्नुभयो ।
छोटो विश्राम पछिको बन्द सत्रमा जीवा लामिछाने, हुमनाथ ढकाल र सुरज श्रेष्ठको अध्यक्ष मण्डलले संस्थापक समितिको चयन गरेको थियो ।
जर्मनीमा चितवनवासीको वीचमा आपसी भाईचारा,पुस्ता–पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्ला एवं देशको अन्य क्षेत्रमा समेत समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले स्थापना भएको चितवन समाज जर्मनीको संस्थापक समिति निम्नानुसार छ ।
अध्यक्ष– यज्ञराज सुवेदी
उपाध्यक्ष– राजेश लाल श्रेष्ठ
सचिव– किरण चन्द्र रायमाझी
कोषाध्यक्ष– भीमा नानी श्रेष्ठ
क्षेत्रीय संयोजकहरु– बिष्णु अधिकारी
होम शर्मा
रमेश शिवाकोटी
राम गुरुङ
सदस्यहरु– शिव मरहठ्ठा
अरुण अधिकारी
सुनिल हमाल
सजिना श्रेष्ठ
दीपेन्द्र सुवेदी















प्रतिक्रिया