वाशिंगटन डिसी । अमेरिकाको टेक्सासमा नेपाली मुलका देवी डेविड आचार्यको पहलमा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ ।
गत अगस्त २७ तारिख शनिबार ५ सय २७ जनालाई स्वास्थ्य ,स्वादिस्ट भात ,तरकारी ,मासु ,गेडागुडी तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ ।
संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।
हरेक ३ महिनामा यस्ता अशक्त ,घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत गत शनिबार सामुहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।
हरेक ३ महिनामा खाना खुवाउन पर्ने यस्को लागि प्रायोजक जुटाउनु पर्ने भएकोले संघ तथा संस्था ,व्यक्ति या समुदायले सहयोग गर्न चाहेमा संस्थाले स्वागत गर्ने बताए ।
संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।
एचडीएनपी इन्टरनेसनल अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।
यसका लागि नर्थ टेक्सस विश्व बिद्यालयका बिद्यार्थी तथा डिडब्लुजी शहरका स्वयम् सेवकले सहोय्ग गरेका थिए भने टेक्सास नेपाली समाजले खानाको आधा रकम प्रदान गरेको थियो ।
















प्रतिक्रिया