माओवादी जनयुद्धभन्दा अगाडि जातीयताको बिजारोपण गर्ने सीआइएबाट परिचालीत फ्रि तिब्बतका अनुयायी पद्मरत्न तुलाधर हुन् । उनले नेवार राज्यको कुरा उठाएर साम्प्रदायिकताको बिजारोपण गरी नेपालको संवदेनशीलता भत्काउन सक्रिय भए ।
अतः देशमा पहिला आगो लगाउने पदमरत्न तुलाधर, बाबुराम भट्टराई, कृष्ण सिटौला यी तीनजना हुन् । संविधानसभाको सस्यौदा संसदमा पेस गरेपछि तराईमा रक्तपात र टीकापुरका प्रहरीहरूको हत्या गरेर देशलाई आतंकित बनाउने तत्व यस्तै छन् ।
एउटा पुरानो कुरा स्मरण गराउन चहान्छु । पदमरत्न तुलाधर र म २०४१ सालदेखि सँगै संसदमा थियौं । पदमरत्न तुलाधरले मङका खलःको नारा लिएर पंचायतको बिरूद्ध बहुदलको नारा दिएर नेवारी जनतालाई नेवारी भाषा र नेवारी सम्वत कायम गर्ने कुरा गर्दै भोट जितेर राष्ट्रिय पंचायतमा निर्वाचित भए ।
एकपटक उनले संसदको रोष्ट्रम्मा बोलीरहेका बेला मैले उनलाई इंगित गरेर बोले– ‘सभामुख महोदय ! संविधान बिपरित बोल्न संसदमा पाइदैन । संविधान बिपरित नबोल्नुहोस् ।’ भनेर कडकेर मैले बोलेपछि पद्मरत्न तुलाधर ग्वाँ ग्वाँ गरेर रून थाले । म धर्मसंकटमा परें । मलाई लाग्यो ‘यस्तो डरपोक रहेछ बेकारमा चलाइछु ।’ रूएर रोस्ट्रम नछोडेपछि पद्मसुन्दर लावती र पशुपति शम्सेरले कड्केर ‘रोस्ट्रममा किन बस्छौं, रोयर बस्ने हो रोष्ट्रममा ! भाग त्यहाँबाट’ भनेपछि पद्मरत्न तल ओर्ले र आफ्नो ठाउँमा झोक्य्राएर बसे । त्यस्तो कमजोर व्यक्तिलाई पछि विदेशीले पैसा दिएर जातीय साम्प्रदायिक आन्दोलनमा अगाडि सारे ।
घरमा आगो लगाउने धेरै चाहिदैन । पदमरत्न तुलाधर, गिरिजा कोइराला, बाबुराम भट्टराई, कृष्ण सिटौला, माधव नेपाल (मधेसीहरू भेला भई भारतीय राजदूताबासमा एक मधेस एक प्रदेश संघीयताको पक्षमा साक्षी बसेका व्यक्ति) प्रचण्डहरूले नेपालमा आगो लगाएपछि विजय गच्छेदार, राजेन्द्र महतो, अमरेसकुमार सिंहले आगोमा घिउ थप्ने कुकर्म गरे ।
राजेन्द्र महतोले मधेस आन्दोलनमा ५० लाख दिने धम्कीले पनि यो आतंक भित्र्याएको हो । यस्ता देशद्रोहीहरूलाई जहाँ पनि झुन्ड्याएर मारिन्छ । सद्दाम हुसेनको बिरूद्ध इराकमा सेनाका जनरलहरूले अमेरिकालाई सहयोग गरे तिनीहरूलाई सद्दाम हुसेनको सत्ता समाप्त भई अमेरिकाको प्रभूत्व कायम भएपछि आफ्नो देशलाई धोका दिएर विेदशीको भरिया बनेका ती जनरलहरूलाई गद्दार मानेर मारियो ।
नेपालमा पनि आफ्नो देशको स्वाधीनता, एकता र देशका पहिचान समाप्त गरेर विदेशीहरूको भरिया बनेका १०–२० जना पार्टीका यी नेताहरूको पनि भोलिका दिनमा त्यही हालत हुनसक्छ । भोलिको इतिहासमा यी राष्ट्रघातीहरूको कहिरन कालो अक्षरले लेखिने छ ।















प्रतिक्रिया