१ कार्तिक २०८३, शनिबार

मनासस तीज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manassas 1

– विजय थापा

वाशिंगटन डिसी । महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड ‘हरितालिका तीज’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन, डिसी नेपाली समाज लगायत डिसी वरपरका संघ–संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको २०७३ को तीज अनुमान गरे भन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो ।

स्वयम् सेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई मिठा मिठा भोजन खुवाईएको थियो । यता नाचगान चलि रहको थियो भने उता भान्सामा बोराका बोरा चामलको तयारी गरि रहेको दृश्य देखिन्थ्यो । भोजन गृहमा स्थान नअटेर बाहिर सवारी साधन राख्ने ठाउँमा खुवाउनु परेको थियो ।

manassas (1)

डिसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदी बहिनीहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ ।

बिगत बर्ष भन्दा यस पटक खचाखच भिड भएको कारण आधा भन्दा ज्यादा महिला, पुरुष तथा बालबालिकाहरु उभिएका थिए । कार्यक्रममा बस्नको लागि राखिएका कुर्सीहरु समेत हटाउनु परेको थियो । बिगत बर्ष भन्दा यस पटकको तिजमा अमेरिकामा जन्मेका र यहि हुर्केका दोश्रो पुस्ताका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे ।

manassas (2)

यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए । महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति गरेका थिए ।

कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने अधिकांशले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको सामुदायिक भवन बनाउन अपरिहार्यता भएको आयोजकले बताएका छन । तीज कार्यक्रमलाई अझ व्यवस्थित बनाउन समुदाय गम्भीर हुनुपर्ने अवस्था देखिएकोले यस पटकको मानव सागर झैँ उर्लेको अवस्थालाई हेर्दा आगामी बर्षलाई अहिलेदेखि नै योजना बनाउनुपर्ने भएको आयोजकले बताए ।