१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा लोककृतिगंगा विशेष सम्मान २०१६ बाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-thapa

न्युयोर्क । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा एक्सन फर नेसन्स आइएनसीका अध्यक्ष प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् ।

नेपाली लोक, कला, संस्कृति र समाज सेवाको क्षेत्रमा पर्याएको अतुलनीय योगदानका लागि यस वर्षको लोककृतिगंगा विशेष सम्मान २०१६ बाट थापा सम्मानित भएका हुन् ।

यसैसाता अमेरिकाको न्युयोर्कमा आयोजित एक विशेष समारोहबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापालाई उक्त सम्मान गर्नुभएको हो ।

उनले अमेरिका बसाईको छोटो समयमै समाजसेवाको क्षेत्रमा उदाहरणीय कामहरु गरेका छन् । थापाले यसअघि पनि बिभिन्न प्रतिष्ठित संस्थाहरुबाट सम्मान पाईसकेका छन् ।

थापा सञ्चार उद्यमी, इभेन्ट म्यानेजर तथा व्यवसायिक व्यक्तित्व पनि हुन् ।