नवलपरासी, १५ भदौ । नवलपरासी जिल्लास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बर्दघाट– ४ स्थित दाउन्नेमा मंगलबार राति १० बजे लु १ ख ४५९८ नम्बरको ट्रक र ना ४ ख २६२५ नम्बरको ट्रक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४५९८ नम्बको ट्रक पल्टिएर ठक्कर दिँदा सडकछेउमा विग्रिएको ट्रक मर्मत गरीरहेका नवलपरासी कावासोती– ११ का ३४ वर्षीय जयराम पौडेल र भारतीय नागरिक २९ वर्षीय असिम आलमको मृत्यु भएको हो ।
दुर्घटनापछि ४५९८ नम्बरका ट्रक चालक फरार रहेकाले खोजी भई रहेको इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीले जानकारी दिएको छ ।











प्रतिक्रिया