२७ कार्तिक २०८३, शुक्रबार

हिजो संविधान च्यात्नेहरुका लागि कुनै हालतमा संविधान संशोधन हुँदैन्ः लालबाबु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu_Pandit

विर्तामोड, १४ भदौ । नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसका केही नेताहरुको स्वार्थ पूर्तिका लागि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

मंगलबार झापाको विर्तामोडमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले संविधान नमान्ने खेलको लागि संशोधन प्रस्ताव ल्याइएको भन्दै आफूहरुलाइ मान्य नहुने बताए । पण्डितले कुनै हालतमा पनि संविधान संशोधन गर्न नसकिने बताए ।

हिजो सविधान नै च्यातेर जलाउछु भन्ने मधेसवादी दलहरु आज विस्तारै प्रदेशको काममा लाग्दै गरेको अवस्थाले पनि संविधान कार्यान्वयन हुनेमा आफूहरु आशावादी भएकोे पण्डितले बताए ।

अर्काे प्रंसगमा अहिलेको माओबादी गाडीको व्यारलिंग मात्रै भएको बताउँदै माओबादीलाई हिजो एमालेले चलाएको र आज कांग्रेसले चलाएको तर्क गरे ।