१ कार्तिक २०८३, आइतबार

किर्गिस्तानको चिनियाँ राजदूतावासमा आत्मघाती आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinese embassy in kyrgzsthan

बिसकेक, १४ भदौ । किर्गिस्तानमा अवस्थित चिनियाँ राजदूतावासको प्रवेशद्वारमा मङ्गलबार आत्मघाती बम आक्रमण भएको छ ।

यस आक्रमणमा परी तीन व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस आक्रमणमा परी आत्मघाती आक्रमणकारी मात्र मारिएको छ भने दूतावासको सुरक्षाको लागि खटिएका तीन सुरक्षा गार्ड घाइते भएका किर्गिस्तानका उपप्रधानमन्त्री जेनिस रजाकोभले पत्रकारलाई जानकारी दिनुभएको छ ।

रजाकोभका अनुसार चिनियाँ राजदूतावासमा कार्यरत तीन किर्गिज नागरिक घाइते भएका र ती सबैलाई उपचारको लागि अस्पताल लगिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार करिब छ सय किर्गिज नागरिक सिरिया र इराकमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहमा सहगागी भएका छन् । रासस-एएफपी