काठमाडौं, १४ भदौ । पाकिस्तानी सेनाको युद्धक विमान भारतीय आकाशमा उडेपछि दिल्लीमा खैलाबैला मच्चिएको छ ।
सोमबार दिउँसो १ बजेर १० मिनेट जम्मुको आरएसपुरा र अरनिया सेक्टरमा पाकिस्तानी युद्ध विमान देखिएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।
भारतीय मिडियाका अनुसार खरानी रंगको उक्त विमान निकै तल उडिरहेको थियो । भारतीय अधिकारीहरुले उक्त विमानले सुराकी गरेको आशंका गरेका छन् ।
यद्यपि, भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमा उक्त विमान पुनः पाकिस्तानतर्फ नै फिर्ता गएको थियो ।
सीमा सुरक्षा बलले यसको रिपोर्ट हेडक्वार्टरमा पनि पठाइसकेको छ । र भारतीय एयरफोर्सले सीमा सुरक्षा बलसँग उक्त घटनाको विस्तृत विवरण मागेको छ ।
यो घटनापछि भारतले पाकिस्तानमाथि हवाई सीमा उल्लंघन गरेको आरोप लगाएको छ ।
















प्रतिक्रिया