१ कार्तिक २०८३, आइतबार

भारतसँग यति धेरै किन रिसायो चीन ? अब चीन–पाक मिलेर कारबाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिबादित क्षेत्र ब्लुचस्तान
बिबादित क्षेत्र ब्लुचस्तान

कराँची, १४ भदौ । ब्लुचस्तान अब पाकिस्तानको एकल मुद्दा रहेन । ब्लुचस्तानबारे भारतले टिप्पणी गर्न खोज्दा चीनले कडा चेतावनी दिएको समाचार बाहिर आएको छ ।

चीनको दक्षिण एशिया मामिला विशेषज्ञ हु शिशेंग ले व्लुचस्तानको बाटो हुँदै बनाउन लागिएको चीन–पाकिस्तान इकोनोमिक करिडोरमा भारतका तर्फबाट ब्यवधान पैदा गर्न खोजिएमा चीनले पाकिस्तानसंग मिलेर संयुक्त कदम उठाउन सक्ने चेतावनी दिएका हुन् ।

चिनियाँ विशेषज्ञका तर्फबाट यति कडा चेतावनी आएको संभवतः चीन–भारत युद्धपछिको यो पहिलो घटना हुनक्छ ।

विशेषज्ञ हुले यदि भारतले ब्लुचस्तानमाथि नकरात्मक रवैया अपनायमा चीन र पाकिस्तानलाई ४६ अर्व डलरको इकोनोमिक करिडोर अवरोध गर्नमा भारतको हात रहेको महशुस हुने भन्दै यदि यथार्थमा त्यसो भेटियो भने चीन–भारत र पाकिस्तान–भारत सम्बन्ध तनावपूर्ण हुन सक्ने चेतावनी दिएका हुन् ।

यदि भारतले इकोनोमिक करिडोरमा अवरोध सृजना गर्ने कोशिस गरेको फेला परेमा चीन र पाकिस्तानसंग संयुक्त जवाफी कारवाही गर्नु भन्दा कुनै दोस्रो विकल्प नरहने विशेषज्ञ हुले स्पष्ट पारेका छन् ।

हुले इकोनोमिक करिडोर ब्लुचस्तानमाथिको गड्वडी चीन–भारत सम्बन्धलाई सबैभन्दा वढी प्रभावित गर्न सक्ने कारकका रुपमा हेरेका छन् ।

उक्त करिडोरमाथिको हेलचेक्राई तिब्वत, सीमा र ब्यापार असन्तुलनको मुद्दा भन्दा पनि अझ संवेदनशिल हुन सक्ने अनुमान गरिएको छ ।

चीनको विदेशमन्त्रालयसंग सम्वद्ध चाइना इन्स्टिच्युट अफ कन्टेपररी इन्टरनेशनल रिलेशन्सका थिंकट्यांक इन्स्टिच्युट अफ साउथ एण्ड साउथ–ईस्ट एशियन एण्ड ओसिनियन स्टडिजका निर्देशक हुले यो स्थिती चीन–भारत सम्बन्धसंग जोडिएका सबै स्कलर्सका लागि निकै निराशाजनक हुन सक्ने वताएका छन् ।

ब्लुचस्तान आर्थिक कोरिडरको अवरोधले तीन ओटै देशको आर्थिक एवं सामाजीक विकास प्रभावित हुनसक्ने उनको बुझाई छ ।

चीन यही करिडोरको माध्यमबाट आफ्नो शिंजियांग प्रान्त ग्वादर पोर्टसंग जोड्न चाहन्छ । त्यहि ग्वादर पोर्ट को चिनिया परियोजना असफल पार्न भारतले पछिल्ला दिनहरुमा ब्लुचस्तानमा आफ्ना सम्पूर्ण गतिबिधि केन्द्रित गरेको चिनिया बुझाई छ । – एजेन्सी