
काठमाडौं, १४ भदौ । काठमाडौंको एयरपोर्ट गोल्डेन गेट अगाडि तीब्र गतिमा आएको ट्रिपरको ठक्करबाट दुई वृद्धा गम्भीर घाइते भएका छन् ।
अनियन्त्रित रुपमा आएको बा २ क १३२४ नम्बरको ट्रिपरको ठक्करबाट दुई पैदल यात्री घाइते भएका हुन् । घाइते हुनेमा काठमाडौं माहांकाल बस्ने ७० वर्षीय मानबहादुर श्रेष्ठ र सोही स्थान बस्ने ६० वर्षीय मीना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको के.एम.सी. अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । घाइतेमध्ये मानबहादुर श्रेष्ठको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइते भएका दुबैजना मर्निङवकमा आएको जनाइएको छ ।
दुर्घटनामा संलग्न ट्रिपरसहित चालकलाई महानगरीय प्रहरी वृत गौशालाले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया