२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले बोलाए तीन दलको बैठक, एमाले–कांग्रेसका दोस्रो तहका नेता जाने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspa-kamal-daha-prachandकाठमाडौं, १४ भदौ । स्थानीय निकायको पुनर्संरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ ।

अहिले नौ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा स्थानीय निकायको पुनर्संरचनाका विषयमै कुराकानी हुनेछ ।

स्रोतका अनुसार मधेसी मोर्चाले भने जस्तो गरेर संविधान संशोधनका लागि पनि प्रधानमन्त्री दाहालले प्रस्ताव राख्न सक्नु हुनेछ ।

आजको बैठकमा कांग्रेस र एमालेका तर्फबाट भने शीर्ष नेताहरू रहने छैनन् । दुबै दलबा सभापति र अध्यक्ष मुलुक बाहिर रहेकाले दोस्रो तहका नेताहरू उपस्थित हुनेछन् ।