काठमाडौं, १३ भदौ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको सुरक्षाकर्मीलाई कारबाही नगरिएकोमा आपत्ति जनाएको छ ।
संसदको आजको बैठकमा फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले खुमबहादुरका सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएको घटनामा माओवादीकै कार्यकर्तालाई उल्टै दोषी ठहर गरी जेल चलान गरिएकोमा आश्चर्य व्यक्ति गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘२०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेस नेता खुमबहादुर खड्काका सुरक्षाकर्मीले दाङमा गोली चलाउँदा सात माओवादी कार्यकर्ताको ज्यान गएको तर त्यो घटनामा उल्टै माओवादीकै एक कार्यकर्तालाई दोषी ठहर गरी जेल चलान गरिएको छ यो अति भो ।’
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका चौधरीले यस्ता घटनाले द्वन्द्वको घाउ चर्काउने बताउनुभयो ।
०६४ सालको संविधान सभा चुनावमा दाङको देउखुरी उपत्यकास्थित लमही नजिकै तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले खुमबहादुर खड्कालाई लक्षित गरेर सांघातिक आक्रमण गरेका थिए ।
सो आक्रमणमा खुमबहादुर खड्काको सुरक्षार्थ खटि चुनाव सकेएका सुरक्षाकर्मीले गोली चलाउँदा सात जना माओवादीका कार्यकर्ताको ज्यान गएको थियो । सो घटनामा माओवादीले चलाएको गोली लागेर केही कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका थिए ।












प्रतिक्रिया