२७ कार्तिक २०८३, शुक्रबार

कूटनीतिक मर्यादा विपरीत छिमेकीसँग सम्बन्ध बढाउन खोजिँदैः पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhrel-office-final-fial

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन थालेको आरोप लगाउनुभएको छ ।

एमाले स्कुल विभागको आयोजनामा युवा सङ्घ नेपालका लागि सञ्चालन भएको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन समारोहमा यहाँ आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत ती मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाउनुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली सरकार सुगौली सन्धिपछिको गुमेको राष्ट्रिय स्वाभिमानलाई जोगाउन खोज्दा स्वदेशी तथा विदेशी केही शक्तिले ढालेको बताउनुभयो । “इतिहासदेखि गुमेको राष्ट्रिय स्वाभिमान, सार्वभौम र नेपालीलाई आत्मनिर्भर बनाउन खोज्दा सरकार ढालियो”– उहाँले भन्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले प्रशिक्षक–प्रशिक्षणमा सहभागी युवा सङ्घका पदाधिकारी र सचिवालय सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रशिक्षण सात दिनसम्म सञ्चालन भएको थियो । रासस